१ स्थानीय तहको निर्वाचन आउन अब ४ दिन बाँकी, मतदाता परिचयपत्र हराएकाले पनि भोट हाल्न पाउने व्यवस्था गरिने निर्वाचन आयोगको भनाइ, सुरक्षा व्यवस्थालाई कडा पारिंदै
२ स्थानीय तह निर्वाचनका लागि धनगढि़मा गठबन्धनको चुनावी सभा, शीर्ष नेताहरुको सम्बोधन, नेकपा एमालेले जिते स्थानीय तह नै भंग हुने भन्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको कटाक्ष
३ भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न निर्वाचन आयोग र प्रशासनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सुझाव, गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन नेता, कार्यकर्तालाई आग्रह
४ निर्वाचनका लागी देशभर २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन, निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष बनाउने निर्वाचन आयोगको भनाई ।
५ गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा भइरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, एमालेले जनताको आँखामा छारो हालेर चुनाव जित्न खोजेको आरोप
६ स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय, सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरु बन्द रहने
७ हालसम्म स्थानीय तह निर्वाचनमा खटिएका चार जना म्यादी प्रहरीको मृत्यु, झडपमा परी २३ म्यादी प्रहरी र १६ जनपद प्रहरी गरी ३९ जना घाइते
८ सरकारले चीन र भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा क्षेत्र मंगलबार रातिबाट ‘सिल’ गर्ने, मंगलबार मध्यरातदेखि वैशाख ३० गते मध्यरातसम्म सीमानाका बन्द रहने
९ काठमाडौंमा उपत्यकाको फोहोर फेरि उठेन, शहरका सडक र गल्लीहरुमा थुप्रिएको फोहोरले दुर्गन्ध फेलाउदै, चुनावअघि फोहोर नउठने महानगरपालिकाको भनाइ ।
१० २०७४ को भन्दा यसपटकको निर्वाचन सस्तो हुने निर्वाचन आयोगको आंकलन, चुनाव सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च सार्वजनिक गरिने ।
११ सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढ्दा एक अर्ब ३९ करोडको कारोबार
१२ श्रीलंकाका फेरि संकटकाल घोषणा, आर्थिक र राजनितिक संकट टार्न संकटकाल लागु गरेको राष्ट्रपतिको भनाइ,प्रधानमन्त्रीले दिए राजीनामा ।
१३ अमेरिकामा कोरोनाको कारण अस्पताल भर्ना हुने बढे , संत्रमण जटिल बन्दै, कोरोनाको अर्को लहर आउन सक्ने आशंका ।
१४ स्वयम्भू क्लबले सहिद स्मारक सी डिभिजन लिगमा गर्यो पहिलो जित, एन्फा कप्लेक्स सातदोबाटोमा भएको खेलमा स्वंयम श्रेष्ठ र नरेश राईले गरे एक–एक गोल
१५ जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपालले हात पार्यो, आज भएको अन्तिम खेलमा जिम्बावे ’ए’ पराजित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया