मनाङ । स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रमा मङ्गलबार बेलुकीसम्म सामग्री पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माले जानकारी दिए ।
जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरूलाई हस्तान्तरण गरी सुरक्षित तवरबाट मतदान केन्द्रमा पठाउन थालिएको उनले बताए । जिल्लाका दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले मतदानका लागि मतपेटिका, परिचयपत्र र स्ट्याम्प लगायतका ६१ प्रकारका सामग्री प्रदान गर्दै केन्द्रमा पठाउन सुरु भएको शर्माले बताए ।
मनाङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई सामग्रीसहित जिम्मेवारी प्रदान गर्दै मतदान केन्द्रमा पठाउन थालिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा मतदाता सङ्ख्याका आधारमा स्थानीय पालिकाका कर्मचारी, स्वयंसेवक गरी १४० जना खटाइएको शर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया