पोखरा महानगर : कार्कीको स्वतन्त्र उम्मेदवारी निष्कृय, गठबन्धनलाई सघाउने प्रतिबद्धता (पत्रसहित)

लोकपथ
448
Shares

काठमाडौं । निर्वाचन तह निर्वाचनका लागि पोखरा महानगरमा गठबन्धनका उम्मेदवारविरुद्ध परेको उम्मेदवारी फिर्ता भएको छ ।

सत्ता गठबन्धनबाट पोखरा महानगरमा एकीकृत समाजवादीको भागमा परेसँगै कांग्रेसका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका विमलबहादुर कार्कीले आज उम्मेदवारी फिर्ता लिँदै गठबन्धनका उम्मेदवारलाई सघाउने भएका हुन् ।

उनले आज विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी निष्कृय भएको र गठबन्धनका उम्मेदवारहरुलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मैले पोखरा महनगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ता गरेकामा देशको वर्तमान परिस्थिती साथी भाईहरुको सल्लाह र पार्टीका अग्रज नेतागणज्यूबाट भएको आग्रह अनुसार स्थानीय तह निर्वाभचनमा पाँच दलीय गठबन्धन र यसबाट प्रस्तुत उम्मेदवार प्रमुख पदमा श्री धनराज आचार्य चिह्न कलम र उपप्रमुख पदमा श्री कोपिला रानाभाट चिह्न रुखलाई पूर्ण समर्थन गर्दै वहाँहरुको पक्षमा मतदान गरी विजयी गराइदिनुहुन मेरा सम्पूर्ण शुभेच्छुक समर्थक आमा बुबाहरुमा दिदि बिहिनी दाजु भाईहरुप्रति यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछु । साथै मेरो नगरप्रमुख पदमा दिएको उम्मेदवारीलाई आजैदेखि निष्कृय भएको सार्वजनिक गर्दछु ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा देशभरका ६ महानगरपालिकामा गठबन्धनले भागबण्डा गरेको छ । जसमा पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेसँगै त्यसको विरुद्ध कांग्रेसका तर्फबाट ३ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो । तर अन्य दुई जनाले भने निर्वाचन आयोगले तोकेको समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । तर कार्कीले भने उम्मेदवारी कायमै राखेका थिए ।

त्यसो त भरतपुर महानगरमा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार टुंग्याएसँगै कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?