अाज राती भीषण बर्षा हुन सक्ने, पहाड र चुरे क्षेत्रमा सतर्क रहन अाग्रह

काठमाडौं : जल तथा माैसम पूर्वानुमान महाशाखाले देशका पूर्व र पश्चिमका केही भागमा अाज (मंगलबार) बेलुकीदेखि रातभर ठूलो पानी पर्ने पूर्वानुमान गरेको छ।

अाज देशभरको माैसम बदली हुने र धेरै ठाउँमा पानी पर्ने हुनाले पहिरोको जोखिममा रहेका पहाडी क्षेत्र र चुरेमा बसोबास गर्ने बासिन्दालार्इ सतर्कता अपनाउन विभागले अाग्रह गरेको छ।

मंगलबार दिउँसो केहीबेर माैसम सफा हुने, तर तत्काल बदली भर्इ पानी पर्न थाल्ने विभागले माैसम बुलेटिनमा उल्लेख गरेको छ । 

बाक्लो बर्षा भएपनि मूलुकका ठूला नदीहरूमा बाढी अाउने सम्भावना कम रहेको विभागले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?