देउवाले भने- ‘फेरि गठबन्धन सरकार बन्छ, सुदूरपश्चिमको बजेट बढाउँछु’

लोकपथ
126
Shares

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अब पनि गठबन्धनको सरकार बन्ने र आफूले सुदूरपश्चिमलाई सबैभन्दा बढी बजेट पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अब बन्ने सरकारले सुरपश्चिमलाई नै प्राथमिकता दिने बताए ।

‘अहिले गठबन्धनको सरकार छ । फेरि पनि गठबन्धनको नै सरकार रहन्छ । गठबन्धनको सरकारले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ । सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै बढाउने विश्वास दिलाउँछु ।’ देउवाले भने ।

आफू डडेधुराको मानिस भए पनि कुनै बेला कैलालीले जिताएको बताउँदै आफूले त्यहाँको विकासमा जो दिने बताए ।

‘मेरो घर डडेल्धुरा हो थाहा नै छ । यहाँ (कैलाली) बाट पनि मलाई तपाईहरुले जिताउनु नै भएको हो । यो ठाउँ मलाई अत्यन्तै महत्वपूर्ण छ । सुदूरपश्चिमका कारणले म आज प्रधानमन्त्री भएको छु । तपाईहरुको सहयोगले प्रधानमन्त्री भएको हुँ । मैले यहाँको विकास अवश्य गर्ने छु ।’ देउवाले भने ।

त्यसैगरी आफूले सुदूरपश्चिमलाई विकसित बनाएको बताउँदै बाँकी रहेका प्रतिबद्धताहरु पूरा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?