माधव नेपाल र सुजाता कोर्इरालाले पर्यवेक्षण गरेको चुनाव निष्पक्ष नभएको र्इयुको दाबी

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसकी नेतृ सुजाता कोर्इरालाले पर्यवेक्षण गरेको कम्बोडियाको चुनावी निष्पक्षतामाथि युरोपेली संघ (र्इयु) ले अाशंका गरेको छ । 

ब्रसेल्सबाट र्इयुका अधिकारीहरूले कम्बोडियामा भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको जनाएको हो । कम्बोडियाको चुनावमा नागरिकको चाहना प्रकट नभएको तथा हालका शासकको प्रभावमा निर्वाचनप्रतिको विश्वसनीयतामा कमी देखिएको इयुले दाबी गरेको छ। 

कम्बोडियामा यही अार्इतबार निर्वाचन भएको थियो । सो निर्वाचनमा र्इयुले पर्यवेक्षकको भूमीका खोजेपनि कम्बोडियाले अस्वीकार गरेको थियो । कम्बोडियाले विभिन्न देशका अधिकारीहरू सहभागी पर्यवेक्षण फोरम गठन गरि निर्वाचन पर्यवेक्षण गराएको थियो ।

कम्बोडियाको निर्वाचनमा पर्यवेक्षण गर्न भन्दै नेपालबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस नेतृ सुजाता कोर्इराला कम्बोडिया पुगेका थिए । 

तर, निर्वाचनमा पर्यवेक्षणको भूमीका नपाएको र्इयुले अार्इतबार भएको निर्वाचनमा कम्बोडियाको सरकारले सामान्य प्रक्रिया पनि पुरा नगरेको र आधारभूत लोकतान्त्रिक मान्यतालाई समेत वेवास्ता गरेको अारोप लगाएको छ । 

कम्बोडिया सन् १९९३ द्वन्द्वमा फसिरहेको छ । खमेरूजको सत्ता बहिर्गमनपछि विगत ३३ बर्षदेखि हुन सेनले कम्बोडियाको शासन चलाउँदै अाएका छन् । कम्बोडियाको यो छैठाैं अाम निर्वाचन हो । 

यस निर्वाचनबाट फेरि हुन सेनको सत्ता अनुमोदन हुने लगभग पक्का छ ।

यस्तो छ र्इयुको स्टेटमेन्ट :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?