काठमाडौं– कर्मचारी सञ्चय कोष कार्यालयले विभिन्न चार शीर्षकमा कर्जा लगानी गरेको व्याज बापतको अरवौं रुपैयाँ रकम उठ्न बाँकी रहेको बताएको छ । हरेक तीन महिनामा तिर्नुपर्ने किस्ताअनुसार ऋण लिएकाहरुले समयमा व्याज नतिरेपछि सो कार्यालयले कार्यालय भेटघाट, घरदैलोको नयाँ रणनीति अख्तियारी शुरु गर्न थालेको हो । आजको गोरखापत्र दैनिकमा खबर छ ।
कर्मचारी सञ्चय कोष कार्यालय ऋण असुली महाशाखाका प्रमुख सागरकुमार सिंहले गत आर्थिक वर्षमा छिटपुटरुपमा ऋण असुलीकालागि कार्यालय भिजिटको कार्यक्रम रहेपनि यस आर्थिक वर्षबाट त्यसलाई तदारुकतासाथ अगाडि बढाउने बताए ।
हरेक तीन महिनामा सञ्चय कोषका कर्मचारीले कार्यालयमा भेटघाट गरेरै तिर्नुपर्ने साँवा व्याज रकमबारे जानकारी गराउने र त्यति गर्दापनि रकम नतिर्नेको घरदैलो गर्ने, घरजग्गा लिलामी, कालोसूचीमा राख्ने तयारी भएको प्रमुख सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया