२० मङ्सिर २०८०, बुधबार

जटिल बन्दै राजनीति, निर्णय राष्ट्रपतिको हातमा

२०७४,आश्विन,२८,शनिवार ०६:०५

0
Shares

काठमाडौं, २८ असोज– निर्वाचनको मुखमा सरकार विस्तारको विषयलाई लिएर प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयबीच विवाद चर्किएको छ ।राष्ट्रपति कार्यालयले निर्वाचन आचारसंहिता विपरित सपथ हुन नसक्ने भन्दै सरोकारवालासँग छलफल गर्ने बताएको छ भने प्रम कार्यालयले यसअघि पनि सरकार विस्तार गर्न आचारसंहिचाले नरोक्ने बताउँदै आएको छ ।प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियाले आचारसंहिताले सरकार विस्तार नरोकिने भन्दै निर्वाचन आचारसंहितामा त्यो कुरा उल्लेखै नभएको दाबी गरे ।तर राष्ट्रपति कार्यालयले भने मन्त्रीहरूको शपथ कार्यक्रम राख्न आचारसंहिताले नदिने दाबी गरेको छ ।केन्द्रीय कार्यसम्पादन समितिको म्यान्डेटअनुसार राप्रपाले अध्यक्ष कमल थापासहित मन्त्रीमा आफूसहित जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापाको नाम प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।यस्तै राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिस गरिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई लिएर सरकार विस्तार गर्न शीतल निवासलाई पत्र पठाएका छन्

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०६:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार