काठमाडौँ– प्रमुख सत्तारूढ नेकपाले प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीलाई संसदीय सुनुवाइबाट अस्वीकृत गर्ने तयारी गरेको छ ।
शैक्षिक प्रमाणपत्रको अस्पष्टता, विवादित फैसलाहरू एवं न्यायाधीशको आचरणभन्दा फरकखालका गतिविधि गरेको विषयमा सुनुवाइमा उठेका प्रश्नमा उनको जवाफ चित्तबुझदो नभएको नेकपाका नेताहरूको ठहर छ ।
पार्टीले औपचारिक रूपमा केही नभने पनि यही विश्लेषणअनुरूप समितिमा भूमिका निर्वाह गर्न आफ्ना सांसदहरूलाई अनौपचारिक निर्देशन दिइएको छ ।
पार्टीको धारणा बुधबारसम्म नउल्टिए जोशीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव संसदीय सुनुवाइ समितिबाटै अस्वीकृत हुनेछ ।
सोमबारको समिति बैठकमा नेकपाका सांसदहरू जोशीबारे निर्णय गरिहाल्नुपर्ने प्रस्ताव लिएर पुगेका थिए । तर, प्रमुख प्रतिपक्षी कांग्रेसले सहमतिबाट अघि बढ्न माग राख्दै बैठक दुई दिन पर सार्न आग्रह गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया