यस्तो छ अाजको विनिमय दर

काठमाडौं :  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमयदरअनुसार अमेरिकी डलर १ को बिक्रीदर १ सय १० रूपैयाँ १८ पैसा र खरिददर १ सय ९ रूपैयाँ ५८ पैसा कायम भएको छ । 

युरो १ को बिक्रीदर १२८ रूपैयाँ ७४ पैसा, पाउन्डस्ट्रलिङ १ को १ सय ४४ रूपैयाँ ५७ पैसा, अस्ट्र्रेलियन डलर १ को ८१ रूपैयाँ ५६ पैसा, जापानिज यन १० को ९ रूपैयाँ ९२ पैसा, कतारी रियाल १ को ३० रूपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

केन्द्रीय बैंकका अनुसार अाज मंगलबार नेपालमा १  युएर्इ दिराम साट्दा ३० रूपैयाँ, मलेसियन रिंगेट १ साट्दा २७ रूपैयाँ १५ पैसा र बहरार्इन दिनार १ को २ सय ९१ रूपैयाँ ५२ पैसा बिक्रीदर तोकिएको छ। 

विनिमयदरअनुसार कुवेती दिनार १ को नेपाली रूपैयाँसँगको बिक्रीदर सबैभन्दा बढि अर्थात ३ सय ६३ रूपैयाँ ९९ पैसा कायम भएको छ ।

खुला बजार विनिमयदर भने केही फरक पर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?