चुनावको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस

लोकपथ
91
Shares

काठमाडौं । स्थानीय तहको चुनावको चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ ।

आइतबार मात्र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?