निर्वाचनका लागि रिक्त जनप्रतिनिधिको विवरण माग

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका रिक्त निर्वाचित पदाधिकारीको निर्वाचनका लागि विवरण माग गरेको छ ।

मन्त्रालयका संघीय मामिला शाखाका शाखा अधिकृत खेमराज जोशीले विभिन्न कारणले स्थानीय तहमा रिक्त जननिर्वाचित पदाधिकारीको विवरण पठाउन ७७ वटै जिल्ला समन्वय समितिसँग माग गरिएको जानकारी दिए ।
जिल्ला समन्वय समितिलाई आफ्ना मातहतका स्थानीय तहका रिक्त जननिर्वाचित पदाधिकारीको विवरण एक साताभित्र मन्त्रालय पठाउन आइतबार निर्देशन दिएको उनले बताए ।

मन्त्रालयले जिल्ला समन्वय समिति, जिल्लासभा, नगरसभा, गाउँसभा, गाउँपालिका र नगरपालिकाका सबै निर्वाचित रिक्त पदाधिकारीका विवरण पठाउने निर्देशन दिएको हो । उनका अनुसार मन्त्रालयले समन्वय समितिलाई स्थानीय तहको नाम, रिक्त पद र रिक्त हुनुको कारण खुलाउँदै विवरण पठाउन निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?