काँग्रेस नेता गिरी घाइते, टाउकोमा १६ टाँका

लोकपथ
11.9k
Shares

नेपाली काँग्रेसका नेता किरण गिरी लडेर घाइते हुन पुगेका छन् । चुनावी घरदैलोका क्रममा आइतबार एक्कासी लड्न पुगि उनी घाइते भएका हुन् ।

काठमाडौंको जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर ७ मा घरदैलो कार्यक्रमका क्रममा बाटोमा अल्झिएर उनी लड्न पुगेका थिए । उनको टाउकोमा चोट लागेको छ । मनोमोहन अस्पतालमा उनको टाउको १६ टाँका लगाइएको पारिवारिक स्रोतले जनाएको छ ।

गिरी काँग्रेस पार्टी केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गत आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमितिको सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?