राजविराजमा आगलागी : ५० हजार बराबरकाे क्षति

लोकपथ
35
Shares

सप्तरी । सप्तरीको वोरियामा आइतबार भएको आगलगीमा पचास हजार बराबरको क्षति भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर-१६ बस्ने स्थानीय बुदुर यादवको घरमा दिउसो १ बजे आगलगी भएको थियो । आगलागीबाट घरमा रहेका भाडाकुडा, लताकपडा लगायत जिन्सी समानहरू जलेर खरानी भएपछि ५० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

आगोलाई राजविराज नगरपालिकाबाट गएको बारूयन्त्र, स्थानीयवासी र प्रहरीले निभाएको स्थानीयले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?