हेराैँ आजका टप फिप्टिन हेडलाइन्स (भिडियोसहित)

लोकपथ
182
Shares

१ निर्वाचन आउन ५ दिन बाँकी, सबै राजनितीक दलहरू प्रचारसँग आरोप प्रत्यारोपमा व्यस्त, आचारसंहिताको उल्लङ्घन

२ ओली गणतन्त्रको खिलापमा भएको प्रधानमन्त्री शेरबहादुर देउवाको आरोप, स्थायित्व स्थिरताका लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको उल्लेख

३ आगामी आर्थिक वर्षका लागि बजेट भाणषको मिति नजिकिँदै, जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन सरकारको सिफारिस, अधिवेशन बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गरिने

४ नयाँ मतदातालाई जीवनको पहिलो मतदान सूर्यमा गर्न नेकपा एमालेका अध्यक्ष ओलीको आग्रह, चुनाव हार्ने डरले गठबन्धन धाकधम्कीमा उत्रिएको आरोप

५ लोकतन्त्र र संघीयताका विरोधीलाई परास्त गर्न गठबन्धनको जन्म भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, राजावादी गठबन्धनले चुनाव जिते देशमा राजनीतिक दुर्घटना हुने प्रतिक्रिया

६ आफू मात्रै ठूलो छु भनेर कसैले पनि दम्भ गर्न नहुने भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दिए चेतावनी, ओली बयलगाडाका प्रवद्र्धक भएको टिप्पणी

७ सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट नहाल्ने नेकपा एमालेका नेता भीम रावलको भनाइ, सत्तास्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको जिकिर

८ देउवा र प्रचण्डको प्रेम केही दिनमै टुट्ने नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको भनाइ, उनीहरूको प्रेम नक्कली भएको दाबी

९ सरकारले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ज्यान गए २० लाख दिने, यो सुविधा म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मीले प्राप्त गर्ने

१०  साउनदेखि चैत मसान्तसम्म नेपालमा करिब साढे तीन अर्बको राउटर भित्रियो, चीनबाट मात्रै ३ अर्ब ३२ करोडको आयात

११ स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने जलवायुविद्हरूको प्रक्षेपण, आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई आग्रह

१२ पूर्वी युक्रेनको एक विद्यालयमा बम खस्दा कम्तीमा ६० जनाको मृत्युको आशंका, हमलापछि उद्धार गरिएका ३० जनामध्ये सात जनाको अवस्था गम्भीर

१३  दक्षिण कोरियामा कोरोना संक्रमण बढ्दै, एकै दिन ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि, ७१ जनाको मृत्यु

१४  मुख्य प्रशिक्षक अलमुताइरी र खेलाडी विवादले उग्र रूप लिँदै, एन्फाद्वारा तीन सदस्यीय छानबिन कमिटी गठन

१५  स्पेनिस लालिगा फुटबलमा आज लिग लिडर रियल मड्रिड र एथलेटिको मड्रिड भिड्दै, लालिगा उपाधि चुमिसकेको रियल मड्रिडविरुद्ध जितको खोजीमा एथलेटिको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?