हेटौंडा अस्पताल रिफर सेन्टरका रुपमा विकास भएको छ : नेता सिंह

लोकपथ
195
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवारी दिएका दीपक बहादुर सिंहले हेटौंडा अस्पताल रिफर सेन्टर मात्रै भएको बताएका छन् ।

आज राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले हेटौंडाको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको र आफूले मेयरमा जिते विशेषज्ञ सेवा सहितको सुविधायुक्त अस्पताल निर्माण गर्ने बताएका हुन् ।

उनले हेटौंडाबासीले मेयरमा जिताए भ्रष्टाचार अन्त्य गर्ने घोषणा पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?