काठमाडौंलाई व्यवस्थित बनाउन सबैसँग सहकार्य हुन्छ : सिर्जना सिंह

लोकपथ
130
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले बुद्धिजीवीहरुसँग सहकार्य गरेरनै काठमाडौं सुधार्ने प्रतिबद्वता व्यक्त गरेकी छन्।

आज काठमाडौंमा आयोजित बुद्धिजिवीहरुको भेलालाई सम्बोधन गर्दै सिंहले काठमाडौंलाई काठमाडौं जस्तो बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काठमाडौंलाई व्यवस्थापन गर्ने समेत बताएकी हुन्।

उनले काठमाडौंलाई कला संस्कृतिको संरक्षणमामा लाग्ने समेत बताईन्। भेलालाई सम्बोधन गर्दै आफ्नो आफ्नो पेश र क्षेत्रका विज्ञहरुमो सल्लाहमै काठमाडौंलाई निर्माण गर्ने अभिभारा सम्हाल्ने समेत सिंहको भनाइ रहेको छ ।

‘काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौंनै प्रमुख एजेन्डा हो,’ सिंहले भनिन् । मेयर भएकै दिनदेखिनै सबैसँग सहकार्य गरेर आगाडि बढ्ने उनको जोड रहेको छ।

काठमाडौंमा सुविधासम्पन्न अस्पताल खोलेर महानगरबासीलाई सहुलियतमा स्वास्थ्य सेवा दिने समेत सिंहले घोषणा गरिन्। ‘महानगरमा अस्पताल खोलेर दिनदुःखी र जेष्ठ नागरिकलाई निशुल्क उपचार दिने छौ,’ सिंहले भनिन्। महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चाप समेत कम हुने र अन्य अस्पतालको सेवा पनि सुधारिने सिंहले बताइन्।

महानगर मेयरका प्रत्यासी सिंहलाई शुभकामना दिँदै वरिष्ठ नीर शाहले सिंहको बारेमा लामो चिन्ता र व्याख्या गरिरहन नपर्ने बताउँदै शेर बहादुर र प्रकाशमानलाई पूर्वराजाले थुन्दा टिफिनमा खाना बोकेर जान पनि प्रतिबन्ध गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?