चितवन पुगेर केपी ओलीले भने- ‘धम्क्याउनेलाई भोट नदिनूस्’

लोकपथ
208
Shares

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा धम्क्याउनेलाई भोट नदिन आह्वान गरेका छन् ।

आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।

केही दिन अघि गठबन्धनले गरेको संयुक्त चुनावी सभालाई बोल्दै भरतपुरमा गठबन्धनलाई भोट नदिए देश दुर्घटनामा जाने भन्दै जसरी पनि भोट दिन भनेका थिए । सो कुरालाई टिप्पणी गर्दै ओलीले गठबन्धनलाई मत नदिन आग्रह गरे ।

‘धम्क्याएको हेर्नुहोस् त । जनतालाई धम्क्याउने बानी अझैसम्म गएन । धम्काइ आएकाहरु अझै पनि बानी गएको रहेनछ ।’ उनले भने, ‘धम्क्याउनेलाई भोट नदिनुस्, तर्साउनेलाई भोट नदिनूस् । चिसै पानीले नुहाउछन् ।’

त्यसैगरी ओलीले नेपाली कांग्रेसले अन्य दललाई पार्टीमा भित्र्याएर आफ्ना कार्यकर्ताहरुलाई चिड्याएको भन्दै कटाक्ष गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?