स्थानीय तहको निर्वाचन : हालसम्म ३९० जना उम्मेदवार निर्विरोध निर्वाचित

लोकपथ
77
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनमा हालसम्म ३९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार एउटा मात्रै उम्मेदवारी परेका स्थानमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।

निर्विरोध निर्वाचित हुनेमा सबैभन्दा बढी नेकपा एमालेबाट १ अध्यक्ष २ उपाध्यक्ष, दलित महिला सदस्यमा ६०, महिला सदस्य २५, वडाध्यक्ष १७ र सदस्यमा ३३ जनासहित १३८ जना निर्विरोध निर्वाचित भएका छन्।

यस्तै नेपाली कांग्रेसबाट १ उपाध्यक्ष, ४५ दलित महिला सदस्य, २१ महिला सदस्य, १६ वडाध्यक्ष र ३२ सदस्यसहित ११५ जना निर्विरोध निर्वाचित भएका छन्।

माओवादी केन्द्रबाट ३ वडाध्यक्षसहित ५९ जना निर्विरोध निर्वाचित भएका छन् भने नेकपा एकीकृत समाजवादीबाट ६ वडाध्यक्षसहित ३५ जना निर्विरोध निर्वाचित भएका छन्। यस्तै ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?