भरतपुर पुगेर प्रचण्डलाई व्यंग्य गर्दै बादलले भने– ‘म तपाईँहरुलाई धम्क्याउन आएको होइन’

लोकपथ
4.5k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेता तथा कार्यकर्तालाई धम्क्याउन आफू भरतपुर नआएको बताएका छन् ।

भरतपुरमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दै उनले स्थानीय तहको महत्वबारे धारणा राख्न भरतपुर आएको बताए ।

‘म तपाईँहरुलाई धम्क्याउनको निम्ति यहाँ उपस्थित भएको छैनँ । म फकाउन र लोभ्याउनको लागि पनि उपस्थित भएको हाेइन । म सहयात्रीलाई घुर्क्याउन पनि उपस्थित भएको छैनँ,’ बादलले भने, ‘स्थानीय तह निर्वाचनको के महत्व छ भन्नेबारे धारणा राख्न चाहन्छु ।’

अहिले देश ऐतिहासिक मोडमा आएको उनले जनाए । यो मोड नयाँ चुनौती र अवसर लिएर आएको उनले बताए ।

‘आज हामीले स्थानीय तहको निर्वाचनबाट यी चुनौतीलाई कसरी समाना गर्ने भन्ने प्रश्न उठेको छ । नेपाली जनताले यी प्रश्नको जवाफ दिनुपर्ने भएको छ । नेपालका नेता कार्यकर्ताहरुले यी प्रश्नहरुको उचित जवाफ दिनुपर्ने भएको छ’, उनले भने ।

अहिले देशमा दुई धारबीच संघर्ष चलेको उनले जनाए । एउटा धार ठूला पुँजीपतिहरुको जसको प्रतिनिधित्व पाँचदलीय गठबन्धनले गरेको उनले जनाए । अर्को धार देशभक्तहरुको रहेको, जसको नेतृत्व एमालेले गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?