भरतपुरमा सुवेदीको उद्घोष- ‘गरिबीको रेखामुनी रहेकालाई भत्ता दिन्छु’

लोकपथ
143
Shares

काठमाडौं । नेकपा एमालेबाट भरतपुर महानगरमा एमालेको उम्मेदवार बनेका विजय सुवेदीले महानगरपालिकामा गरिबीको रेखामुनी रहेकाहरुलाई भत्ता दिने उद्घोष गरेका छन् ।

आज चितवनमा आयोजित चुनावी सभामा बोल्दै आगामी ५ वर्षपछि भरतपुर महानगरमा कोही पनि गरिब नहुने समेत दाबी गरे । उनले गरिबी सुकुम्बासीहरुलाई महानगरपालिकाले सुरक्षा दिने भन्दै नगरबासी कोही पनि मागेर हिँड्नुनपर्ने बताए ।

‘५ वर्षपछि यहाँ कोही पनि गरिब हुँदैनन् । जो गरिबीको रेखामुनी रहेकाहरुलाई भत्ता दिएर राख्छौँ । र भरतपुर महानगरपालिका माग्ने होइन । भरतपुर महानगरपालिका दिने नगरपालिका हो । दानी नगरपालिका हो । भरतपुर महानगरपालिकाबासीले मागेर हिँड्ने कोही पनि हुँदैन । सम्पूर्ण माग्न पर्नेहरुलाई महानगरपालिकाले पाल्छ । तपाइँलाई कुनै पनि समस्या पर्यो भने महानगरपालिमा हेल्प डेस्क हुन्छ त्यसमा फोन गर्दा समस्या समाधान हुन्छ ।’ सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?