‘रोमियो एण्ड मुना’को विशेष शो मा कलाकारहरुको मुस्कान (भिडियो/फोटो)

काठमाडौं । ‘निभ्न लागेको दियो’ बाट चर्चामा आएका निर्देशक नरेशकुमार केसीद्वारा निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’ यतिबेला चर्चामा छ ।

गएको शुक्रवारदेखि सिनेमा घरमा रिलिज भइरहेको यो चलचित्रले आइतवार काठमाडौंमा विशेष शोको आयोजना गर्यो ।

मिश्रित प्रतिक्रिया पाएको उक्त फिल्मको विशेष शोमा चर्चित सेलिब्रेटीदेखि पत्रकार समेतको उपस्थिति थियो ।

कार्यक्रम फिल्मका अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि केसी मुख्य आकर्षण बने ।

विशेष शोमा दीपाश्री निरौला, गौरव पहारी, केकी अधिकारी, रीमा विश्वकर्मा, नाजिर हुसेन, सारा सिर्पाली लगायतका चर्चित कलाकारको पनि उपस्थिति थियो ।

उपस्थित कलाकारले फिल्म हेरिसकेपछि राम्रो लागेको र यसको कथावस्तुले मन छोएको प्रतिक्रिया दिएका थिए ।

विशेष शोको रौनकलाई लोकपथकर्मी सरोज घिमिरेले खिचेका छन्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?