काठमाडौं । प्रधानन्यायाधीश दीपक राज जोशी भन्ने कि नबन्ने भन्नेमा थप अन्यौल बनेको छ ।
आजको संसदीय समिति बैठकले यसबारे निर्णय नगरी बैठक पुन साउन १६ गतेसम्मको लागि स्थगित गरेपछि अन्योल बढेको हो । निर्णयको लागि छलफलको क्रम नसकिएको भन्दै बैठक साउन १६ गतेसम्मको लागि स्थगित गरिएको हो ।
समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जोशीबारे सुनुवाई भएपनि छलफलको क्रम नसकिएकाले १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै समितिका सदस्यहरु असन्तुष्ट छन् ।
भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो ।
तर, उनी विवादमा तानिएकाले प्रधानन्यायधीश बनाउने या नबनाउने भन्नेमा अन्योलता उत्पन्न भएको छ । यही कारण समितिको बैठक आइतबार पनि स्थगित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया