विक्रम पाण्डेले भने- ‘भरतपुरमा राष्ट्रवादीहरु एक भयौँ’

लोकपथ
3.5k
Shares

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी पार्टी (राप्रपा) का महामन्त्री बिक्रम पाण्डेले राष्ट्रवादीहरुको एकताबिना विकास हुन नसक्ने बताएका छन् ।

आज भरतपुरमा आयोजित नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता पाण्डेले चितवनबाट दुई पार्टीले एकता गरेर राष्ट्रवादीहरु एक ठाउँमा आएको बताए ।

‘राष्ट्रवादीहरुको एकताबिना देश विकास हुन सक्दैन । प्रमाणित भइसकेको छ र। अस्थिरतावादीहरुको विरुद्धमा राष्ट्रवादीहरुको एकता भएर हामी दुई पार्टीको बिचमा हामी दुई पार्टीबीच भरतपुरमा सुरुवात गरेका छौँ ।’ उनले भने ।

त्यसैगरी नेता पाण्डेले यसअघिको महानगरको नेतृत्वले महानगरलाई कार्यकर्ता भर्तिकेन्द्र जस्तो बनाएको बताए । त्यसैगरी आफूहरु फरक पार्टी भए पनि राष्ट्रियताको सवालमा ओलीको शिर उचो रहेको भन्दै प्रसंशा समेत गरे ।

‘म अलग पार्टी भएपनि मैले राष्ट्रवादको सवालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै माथि मुल्यांकन गरेको अवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?