१३ चैत्र २०७९, सोमवार

भूकम्प प्रभावितलाई रेडक्रसको रु ६७ करोड सहयोग

२०७४,आश्विन,२८,शनिवार ०५:३२

0
Shares

नगरकोट, २८ असोज ।नेपाल रेडक्रस सोसाइटीले २०७२ सालको भूकम्पपश्चात् छ हजार ६१३ परिवारलाई आवास निर्माणका लागि रु ६७ करोड रकम सहयोग गरेको जनाएको छ ।शुक्रबार नगरकोटमा आयोजित वार्षिक समीक्षा बैठकमा सो जानकारी दिँदै  मुलुकको नयाँ संरचनासँग अनुकूलित गर्दै संस्थाको विधानलाई परिमार्जन गर्ने रेडक्रसले निर्णय गरेको छ ।राष्ट्रिय अन्तर्राष्ट्रिय परिदृश्यमा देखिएका नयाँ मानवीय चुनौतीलाई आत्मसात् गरी मानवीय गतिविधिलाई अझ प्रभावकारी बनाउने नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले निर्णय गरेको छ ।संस्थाका मानवीय सेवा गतिविधिमा स्थानीय तहहरूसँगको सहकार्य बढाउन तथा सामुदायिक सहभागिता बढोत्तरी गर्न नीतिगत आधार तयार गरिने रेडक्रसले जनाएको छ ।रेडक्रसका अध्यक्ष सञ्जीव थापाले सामुदायिक सहभागिता र स्वयंसेवकको बलबाट नै संस्था सञ्चालित भइरहेकाले समुदायको संलग्नता बढाउन र प्रभावकारी सेवा प्रदान गर्न समीक्षा बैठकले बाटो निर्देश गरेको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०५:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६