काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संघीयता विरोधीलाई परास्त गर्नको लागि गठबन्धनको जन्म भएको बताएका छन् ।
पोखरामा आज सत्तागठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले अर्को राजावादीको गठबन्धन बनेको भन्दै उक्त गठबन्धनले चुनाव जिते देशमा राजनीतिक दुर्घटना हुने उनको भनाइ छ ।
राजावादी शक्ति परास्त गर्न नसके देशमा राजनीतिक दुर्घटना हुने कुरा बताउँदा आफूलाई मतदाता धम्क्याएको आरोप लगाएको भन्दै उनले गुनासो समेत गरेका छ ।
स्थानीय निर्वाचन अग्रगमन र प्रतिमनबीचको लडाइँ भएको बताउँदै आफूहरु शान्ति, परिवर्तन र संविधानका पक्षधर भएको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया