काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेला बेला पत्रकार सम्मेलन गर्छन् । आफ्ना कुरा राख्ने, पत्रकारका कुरा सुन्ने र आफूले सरकारमा रहेका बेला गरेका कामको बयान गर्ने बेला–बेला गरिरहन्छन् ।
त्यसो त ओली जहाँ–जहाँ गए पनि भिड खडा गरेर आफूले गरेका कामहरुको बयान गरेकै हुन्छन् । भने आफ्ना विपक्षीको उछित्तो काढ्न कहिल्यै छुटाउँदैनन् । उखानटुक्का मिलाई मिलाई बोल्ने खुबी भएका ओलीले आफ्नालाई एकदम नजिकजस्तो बनाउने र विरोधीलाई भित्तामै पुर्याउने कला रहेको छ ।
त्यसो त सरकारमा हुँदा ओलीले बेला बेला राष्ट्रको नाममा सम्बोधन होस् या पत्रकार सम्मेलन गरेर आफ्ना कुराहरु प्रवाह गरिनै रहेका हुन्थे ।
सरकारबाट हटेपछि पनि ओलीले उक्त कार्यलाई निरन्तरता दिएका छन् । सो क्रममा आइतबार बिहान ओलीले नेकपा एमालेको तर्फबाट निर्वाचनको सन्दर्भमा अपिल गर्न पत्रकार सम्मेलन गरेका थिए ।
एक घण्टाभन्दा लामो पत्रकार सम्मेलनमा ओलीले आफ्नो कार्यकालको समिक्षा गर्दै उही पूराना कुराहरु बाचन गरे । भने कांग्रेससहित अन्य दलहरुलाई सत्तोसराप गर्न भ्याए । ओलीले नेपाली कांग्रेसले एमालेसँग सहकार्य नगरेको भन्दै शाही शासन कालमा भएका सहकार्यको विषयलाई अघि ल्याए । साथै कांग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको भनेको भन्ने विषयमा समेत उप्काउन भ्याए ।
ओलीले भने, ‘कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन, यस्तो सोच्नुपनि अपराध ठान्छ । उसले राणाशाहीसँग सहकार्य गरेको इतिहास छ । नेपाली कांग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको सार्वजनिक गरेको सर्वविदितै छ । कांग्रेसकै नीति र अकर्मन्यताकै कारण सशस्त्र द्वन्द्धका लागि मार्गप्रसस्त भएको इतिहास जग्जायरै छ । कांग्रेसले नै सत्ता राजालाई बुझाएको धेरै भएको छैन ।’
त्यसैगरी नेपाली कांग्रेसले हाल दक्षिणपन्थी, बामपन्थी र अवसरवादीहरुसँग मिलेर सरकार चलाएको आरोप लगाए । त्यसैगरी कांग्रेसले लोकतान्त्रिक शक्ति भने पनि त्यसको उपहास गरेको र आफूहरु जनता नै सबैभन्दा ठूलो शक्ति रहेको कुरामा मात्रै विश्वास गर्ने ओलीको भनाइ रहेको थियो ।
‘अहिले पनि दक्षिणपन्थी, बामपन्थी, अवसरबादीहरुसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएकै छ । उ जनादेशमा विश्वास गर्दैन । सकेसम्म मुद्दा मामिला, छलकपट र मिलावटबाटै सत्ता उपभोग गर्न चाहन्छ । आफूलाई लोकतान्त्रिक शक्ति भन्दै लोकतन्त्रको चरम उपहास गर्दा पनि उसलाई लज्जाबोध हुँदैन । उसले जनतामाथि विश्वास गर्दैन । तर हामी नेकपा एमालेका लागि जनता भन्दा ठूला अरु कोही छैन । जनताको सेवा नै धर्म हो । हाम्रो शक्तिको स्रोत नै हाम्रो मुख्य शक्ति हो ।’ ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया