काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको विवादित अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ ।
आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । आयोगका अनुसार उनलाई आजै नै स्पष्टीकरण सोधिनेछ ।
उनले सुदूरपश्चिम प्रदेशका स्थानीय तह भ्रमणका क्रममा विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले डडेल्धुरामा कुनै स्वतन्त्र उम्मेदवारको नाम लिई त्यसमा मत नदिन आग्रह गरेकी थिइन् ।
यसैगरी उनले कांग्रेसका उम्मेदवार निर्वाचित नहुने स्थानीय तहमा बजेट समेत कटौती गरिने भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएकी थिइन् ।
उनले आफूहरुलाई सहयोग गर्ने युवाहरुमध्ये केहीलाई छानेर ‘फ्री भिसा, फ्री टिकट’मा मलेसिया रोजगारमा पठाउने आश्वासन समेत दिएकी थिइन् । उक्त अभिव्यतिपछि उनको चर्को आलोचना समेत भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया