काठमाडौं । झापाका उमेश राईले १६औं धर्मश्रीको खिताव जितेका छन् ।
एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् ।
जीतसँगै राईले नगद १० लाख प्राप्त गरेका छन् । यस्तै धिमालले उपबिजेता भएबापत नगद ५ लाख हात पारे ।
तृतीय स्थानमा मसल्स एन्ड फिटनेसतर्फ नयाँबजारका कृष्ण बहादुर सूर्यवंशी रहे । उनले नगद २ लाख प्राप्त गरे ।
नेपालमा ब्यायामको क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेश राई ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउण्डमा प्रवेश गरेका थिए ।
यस्तै धिमाल ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । सूर्यवंशीले ७५ केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।
शनिबार ढिलो गरी सम्पन्न प्रतियोगितामा ७ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीहरुले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।
त्यही क्रममा चौथो स्थानमा बिलिजेण्ड शेप फिटनेश, खुसिवुका सन्जम सागर शाक्य रहे । ७० केजी तौल समूहका उनले नगद १ लाख ५० हजार प्राप्त गरे ।
पाँचौ स्थानमा प्लानेट फिटनेश इटहरीका पुष्प शंकर रहे । ६५ केजी तौलका उनले नगद १ लाख प्राप्त गरे । छैटौ स्थानमा आयोजक नेपाल ब्यायाम मन्दिरका डेभिड बलामी रहे । ६० केजी तौलका उनले नगद ९० हजार प्राप्त गरे ।
यस्तै अन्तिम तथा सातौं स्थानमा आयोजक संस्थाकै राजु राई रहे । ५५ केजी तौल समूहका उनले नगद ८० हजार प्राप्त गरे । बिजयी खेलाडीहरुलाई सम्माननिय उप–राष्ट्रपति नन्द किशोर पुनले पुरस्कार वितरण गरेका थिए ।
तौल समूह अन्तरगत भएको प्रतिस्पर्धामा ५५ केजी तौलमा जिम एक्स नयाबजारका उमेश डङ्गोल दोस्राे र हेल्थ बेनिफिटनेश, नेपालगंजका सिद्धान्त जसरोटिया तेस्राे भए ।
६० केजीमा युनिभर्सल फिजिकल फिट, भक्तपुरका किशन दास दिवाकर दोस्राे र रत्नश्री, पोखराका सुरेश लामा तेस्राे भए ।
६५ केजीमा आयोजकका आशिष देवाजु दोस्राे र यारो फिटनेश, मोरङ्गका मोनोज सुवेदी तेस्राे भए ।
७० केजीमा द वर्कआउट स्टेशन, नयाँबजारका अशोक महर्जन दोस्राे र रुपन्देही फिटनेश टाईमभका कृष्ण प्रसाद श्रेष्ठ तेस्राे भए ।
७५ केजी तौलमा बिलिजेण्ड शेप फिटनेश, खुसिबुका प्रवेश श्रेष्ठ दोस्राे र आयोजकका आदित्य ठाकुर तेस्राे भए ।
८० केजीमा प्याराडईज फिटनेश सेन्टर, कलंकीका बिवेक सिंह धामी दोस्राे र प्लाटिनियम फिजिक फिटनेश, बानेश्वरका हरि थापा तेस्राे भए । ८० केजी माथिको तौलमा आयोजकका ग्रिस महर्जन दोश्रो र गोर्खाली फिटनेश, न्यूरोडका अरुण कुमार प्रधान तेश्रो भए ।
दोस्राे हुने खेलाडीले नगद ४० हजार र तेस्राे हुने खेलाडीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया