यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ

लोकपथ
357
Shares

तेह्रथुम । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालिगुराँस नगरपलिका-३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ शनिबार राति इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?