तीन वर्षको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार वितरण गरिने

लोकपथ
143
Shares

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ।

संघले कोरोना महामारीका कारण रोकिएको तीन वर्षको पुरस्कार वितरण गर्ने घोषणा गरेको हो।

शनिबार दिनेश सिटौलाको अध्यक्षतामा बसेको वैठकले २०७७ को चलचित्र पत्रकारिता सम्मान शान्तिप्रिय र राजन घिमिरे, चलचित्र पत्रकारिता पुरस्कार आरडी श्रंखला र दिवाकर मैनाली, र चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार रीना मोक्तानलाई दिने निर्णय गरेको छ।

२०७८ को चलचित्र पत्रकारिता सम्मान सुव्रतराज आचार्य र सन्दीप सापकोटा, चलचित्र पत्रकारिता पुरस्कार कुमार आचार्य र गीता अधिकारी र चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार मनोज न्यौपानेलाई दिने निर्णय गरिएको छ भने मोफसल चलचित्र पत्रकारिता पुरस्कार कास्कीका रेम विकलाई दिने भएको छ।

त्यस्तै, २०७९ को चलचित्र पत्रकारिता सम्मान राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार नेमिष गौतम र विष्णु सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार उद्धव रसाइली र मोफसल चलचित्र पत्रकारिता पुरस्कार मकवानपुरका श्रीराम अर्जुनलाई दिने निर्णय गरेको छ।

उक्त सम्मान तथा पुरस्कार चलचित्र पत्रकार संघको वार्षिक उत्सवको अवसर पारेर आगामी जेठ ७ गते वितरण गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?