ओलीको गुनासो : ‘कांग्रेस एमालेसँग एकताको कुरै गर्दैन’

लोकपथ
910
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले कांग्रेसले कहिल्यै नेकपा एमालेसँग सहकार्य गर्न नचाहेको भन्दै गुनासो गरेका छन् ।

आइतबार निर्वाचन केन्द्रीत एमालेले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसले एमालेसँग सहकार्य गर्ने भन्दा पनि अन्य साना दलहरुसँग सहकार्यमा जोड दिएको बताए ।

कांग्रेसले शाही शासनकालमा समेत राजासँग सहकार्य गरेको भन्दै कांग्रेसले एमालेसँग कुनै सहकार्य गर्न सोच्दै नसोचेको बताए ।

‘कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन, यस्तो सोच्नुपनि अपराध ठान्छ । उसले राणाशाहीसँग सहकार्य गरेको इतिहास छ । नेपाली कांग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको सार्वजनिक गरेको सर्वविदितै छ । कांग्रेसकै नीति र अकर्मन्यताकै कारण सशस्त्र द्वन्द्धका लागि मार्गप्रसस्त भएको इतिहास जग्जायरै छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?