निःशुल्क स्वास्थ्य शिविरमा २ सय २१ जनाको जाँच

लहान। सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीमा आइतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय २१ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

कारीतास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले गरेको शिविरमा मैनाकडेरी, लोहजारा, डिमनलगायतका स्थानीय २ सय २१ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका हुन् ।

शिविर जाँच गराएका विभिन्न रोगबाट प्रभावित स्थानीयलाई निःशुल्क औषधि वितरण गर्नुका साथै थप उपचारको लागि अस्पतालमा सिफारिससमेत गरिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका दिनेश चौधरीले जानकारी दिए।

शिविरको पूर्वसांसद डा सुबोध पोखरेल र श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरी संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।

शिविरमा धरमपुरस्थित धर्मेश्वर अस्पतालका स्त्री तथा बालरोग विशेषज्ञ तथा जेनरल फिजिसिजनलगायतका विशेषज्ञ डाक्टरले स्वास्थ्य जाँच गरेका थिए । यस्तै मैनाकडेरीमै विपद् व्यवस्थापनसम्बन्धी सहभागीतामूलक संकटा बिमुखता विश्लेषण तीन दिने तालीम पनि सम्पन्न भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?