प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाईँ नियुक्त

लोकपथ
104
Shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सन्तोष प्रसाईँ नियुक्त भएका छन् ।

सञ्चालक समितिको विहीबार बसेको बैठकले बीमा समितिबाट स्वीकृति पाएपछि लागू हुने गरी प्रसाईँलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रसाईँ हाल सोहि कम्पनीको सल्लाहकारको रुपमा कार्यरत छन् । नियामक निकाय बीमा समितिमा समेत काम गरेको अनुभव भएका प्रसाईँ चार्टड एकान्टेन्ट (सीए) समेत हुन् । उनीसँग नेपाल लाइफ इन्स्योरेन्सको सीईओ रुपमा काम गरेको अनुभव पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?