कांग्रेसको सरकारले सामाजिक रुपान्तरणको विषय सोच्न पनि सोचेन : ओली

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली कांग्रेस नेतृत्वको सरकारले जनताको जीवन परिर्वतन हुने किसिमका कुनै पनि किसिमको काम नगरेको आरोप लगाएका छन् ।

आइतबार निर्वाचन केन्द्रीत एमालेले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।

कांग्रेसले समाजको कुरिती, कुप्रथा र सामाजिक रुपान्तरणको विषय सोच्न पनि नसोचेको उनको आरोप रहेको छ ।

‘समाजमा व्याप्त कुरीति, कुप्रथाहरु हटाइ, सामाजिक परिवर्तन, रुपान्तरण र सशक्तिकरणका कुनै कार्यक्रमहरु कांग्रेस सरकारमा रहँदा सोच्न पनि सोचिएन । नेपाली कांग्रेस देशको विकास र समृद्धीका लागि नीति कार्यक्रम ल्याउँदैन विकास निर्माण र जनहीतका लागि स्रोत साधन परिचालन गरेको छैन ।’

त्यसैगरी ओलीले साना दलहरुलाई लिएर नेपाली कांग्रेसले आफू नेतृत्वको सरकार हटाएको समेत टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?