चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

लोकपथ
133
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१० मा गएराती सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो ।

सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?