कपिल शर्माको बायोपिक फिल्म खेल्न कृष्णाले मानेनन्

मुम्बई । यतिबेला बलिउडमा बायोपिक फिल्मको बाढी आउन थालेको छ । यसैबीच फिल्ममेकर विनोद तिवारीले पनि कमेडियन कपिल शर्माको जीवनीमा आधारित फिल्म बनाउँदै छन् । उनलाई यो फिल्मको प्रभाव फिल्म सन्जूबाट मिलेको थियो ।

निर्देशकले फिल्ममा कपिल शर्माको भूमिका निभाउनका लागि अर्का कमेडियन कृष्णा अभिषेकलाई अफर गरेका थिए । तर, उनले रिजेक्ट गरिदिएका छन् ।

भारतीय मिडियाहरुले जनाएअनुसार निर्देशकको पहिलो च्वाइस भने कपिल शर्मा नै थिए तर कपिलले रिजेक्ट गरेपछि बल्ल कृष्णा अभिषेकलाई भनिएको थियो ।
आफ्नै बायोपिकमा फिल्म खेल्नका लागि भने कपिलले कुनै रुचि देखाएनन् । फिल्मको नाम भने ‘कपिल शर्मा – द रियल हिरो’ राखिएको छ ।

निर्देशकले यतिबेला कपिल शर्माको भूमिका निभाउने हिरोको खोजी गरेका छन् । साथै निर्देशकले आफूलाई कपिल शर्माले सकारात्मक प्रतिक्रिया नदिएको पनि बताएका छन् । हिरोको खोजी जारी रहेको र छिट्टै नै फिल्म बनाउने घोषणा गरिने भारतीय समाचारहरुमा उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?