सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लोकपथ
105
Shares

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा गएराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पहिचान नखुलेका अन्दाजी २६ वर्षीय पुरुष रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ४ ख ६८ ४० नम्बरको बसले को ५ प ४००४ नम्बरको मोटरसाइकललाई गएराती साढे १० बजे ठक्कर दिएको थियो ।

दुबै सवारी साधन नियन्त्रणमा लिएको र बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?