ओलीको आरोप : ‘कांग्रेसले साना दललाई उचालेर मेरो सरकार ढाल्यो’

लोकपथ
161
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले आफू नेतृत्वको सरकारले राम्रो काम गरिरहेको अवस्थामा कांग्रेसले षडयन्त्र गरेको आरोप लगाएका छन् ।

आइतबार निर्वाचन केन्द्रीत एमालेले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसले अन्य साना शक्तिहरुलाई लिएर आफूलाई पछि पार्न खोजेको आरोप लगाएका हुन् ।

‘सामाजिक न्याय तथा सुशासन तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल र नेपालीको सम्मान अभिवृद्धिको क्षेत्रमा स्पष्ट भिजन, योजना कार्यक्रम र सुधारका अभियानहरुको कार्यान्वयन गरिरहेको थियो । स्थानीय तह, प्रदेश र संघबीच उचित समन्वय गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गर्दै थियो ।’ओलीले भने, ‘यसैबीचमा नेपाली कांग्रेसको षडयन्त्रले चरम उत्कर्ष लियो । कांग्रेसले सुशासन र विकासको मार्गमा तिव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितीमा राख्न र पछाडी फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वहरुलाई खोज्ने र त्यस्ताको साथ सहयोग र राजनीतिक र देशहितको उल्टो बाटोमा देशलाई हिँडाउने काम गर्यो ।’

त्यसैगरी आफू नेतृत्वको सरकारले सो समयमा राम्रो कामहरु गरेको भन्दै आफूहरुलाई पछि पार्न खोजिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?