७२ साल वैशाखमा महाभूकम्प गयो ।
९ हजारभन्दा धेरै मानिसले ज्यान गुमाए ।
हजारौँ मानिस घाइते भए ।
हजारौँ जना शारीरिक अशक्तका रुपमा जीवन जिउन बाध्य छन् ।
लाखौँ मानिस घरवारविहीनताको अवस्थामा पुगे ।
भूकम्पपछि उद्धार र राहत वितरणसँगै अस्थायी बसोबासको व्यवस्था भयो । तर भूकम्प गएको पुरा ३ वर्ष बितिसक्दा समेत धेरै मानिसहरु अस्थायी पालमा नै जीवन गुजारिरहेका छन् । उनीहरुको स्थायी बसोबासको टुंगो लागेको छैन । किस्ताकिस्तामा वितरण गर्ने भनिएको अनुदान नपाएर कतै जग मात्रै खनिएको अवस्था छ भने कतिले धुरी जोड्न पाएका छैनन् ।
****
भूकम्प गएपछि नेपालमा एक खालको बहस शुरु भयो ।
वास्तवमा मानिसले आफू बस्ने संरचना र कम्तीमा आफ्नो समाजको संरचनामा पनि ध्यान दिनुपर्ने रहेछ ।
यद्यपी भूकम्पपछि निर्माण भएका संरचनाहरु भूकम्पीय जोखिम झेल्न सक्ने वा प्रतिरोधी हिसाबका देखिँदैनन् ।
टाउकोलाई काँधमा अड्याउँदा पनि माथिसम्म पूरा देख्न हम्मेहम्मे पर्ने, पावरवाला चस्मा लाएको आँखाले पनि सटरदेखि छतसम्म हेर्न नभ्याउने किसिमका संरचनाहरुको निर्माण रोकिएको छैन ।
अझ झिसमिसेदेखि राति १० बजेसम्म जागीरहने काठमाडौंको असन ईन्द्रचोक लगायतका स्थानमा भएका संरचनाहरु हेर्ने हो भने एकपटक जिब्रो टोक्न बाध्य हुने किसिमको छ ।
अग्ला घर, ७२ सालको भूकम्प र त्यसपछिका हजारौँ पराकम्पनका कारण थिलथिलो भएका संरचना, एउटा बाईक दौडिदा थरर हल्लिएको महसुस हुने भवन, मानिसहरुको भीड, टेकोमा अड्याईएका बडेमानका पुराना घरहरुले भूकम्पको कम्पन कसरी महसुस गर्लान् ? अनि कति भयावह क्षति पुर्याउला ? केहीबेर सोच्न बाध्य पार्ने २० तस्वीर लोकपथको लेन्सबाट :




















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया