आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनता

लोकपथ
0
Shares

महोत्तरी । बुधबार पत्रकारसँग महोत्तरीका प्रमुख निर्वाचन अधिकृत दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे ।

तर, जिल्लाका १५ वटै पालिकामा प्रचारप्रसार गर्नेले टाँगेका बाक्लै ध्वजापताका तथा डिजे ब्याण्डसहितको समूहले सहर, गाउँमा असान्त बनाउदा पनि ध्यानाकर्षण नहुनुले निर्वाचन आयोगप्रति नै प्रश्न तेर्सिएको छ ।

उम्मेदवारले खुलेआम भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन् भने आचारसंहिताको न्यूनतम पालनासमेत गरेका छैनन् ।

उम्मेदवारको प्रचारप्रसार गर्न जिल्लाका राजनीतिक दलका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारका समर्थक मुख्य चोकमा मात्र केन्द्रित भएका छैनन्, विद्यालयमा पनि केन्द्रित भएको देखिन्छ ।

निर्वाचन आयोगले व्यानर राख्न समेत मापदण्ड बनाएको छ । तर, ब्यानरको न साइजमा ध्यान दिएको छ नत मापदण्डमा नै । खुलेआम सहर, टोल र बस्तीमा पार्टीका कार्यकर्ताले मापदण्डलाई किन खिल्ली उडाइरहेका छन् भन्ने विषय निर्वाचन आयोगका लागि नै पेचिलो बन्दै गएको छ ।

खरेलका अनुसार आचारसंहिता उल्लंघन गरिरहेका दललाई निगरानी भइरहेको छ । ’झण्डा तथा प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाइसकेका छौँ, फेरि दोहो¥याएमा कारबाही प्रक्रिया अगाडि बढाउछौँ,’ उनले भने ।

सुरक्षा संयन्त्र लगाएर प्रचार सामग्री बजारका चोकबाट हटाए पनि राजनीतिक दलले पुरानो प्रचारप्रसार प्रक्रियालाई निरन्तरता दिइरहेका छन् ।

निर्वाचन आयोगले २५ चैतदेखि आचारसंहिता लागूगरेपछि पहिलेको तुलनामा बढी गाडी पास लिन आउने गरेको जलेश्वर भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदी बताउँछन् । २५ चैतदेखि २२ वैशाखसम्म मात्र ८ हजार मोटरसाइकल र गाडीले पास लिएको भन्सार कार्यालयको तथ्यांक छ । अहिले पनि दैनिक १० भन्दा बढी भारतीय नम्बर प्लेटका गाडी आउने गरेको उनको भनाइ छ ।

आयोगले आचारसंहिता बनाउने तर, कारबाही गर्ने हिम्मत नगर्दा समस्या बनिरहेको बर्दिबासका स्थानीय भास्कर दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?