भरतपुर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्श एसोशियसन (डीएलए) को अध्यक्षमा योगेन्द्र बहादुर अधिकारी विजयी भएका छन् ।
नवलपरासीको गैंडाकोटमा भएको डीएलएको १० अाैं राष्ट्रिय महाधिवेशनबाट अधिकारी डीएलएको अध्यक्षमा निर्वाचित भएका हुन् ।
कृष्ण सिटाैला पक्षधर अधिकारीले शेरबहादुर देउवा समूहका रामकुमार श्रेष्ठ र रामचन्द्र पाैडेल समूहका सिताराम केसीलार्इ पराजित गरेका हुन्।
विजयी अधिकारीले ४३१, देउवानिकट श्रेष्ठले ४१ र पाैडेलनिकट केसीले ३३४ मत प्राप्त गरे ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएको डीएलएले जानकारी दिएको छ।
यस्तै, निर्वाचनमार्त ७ वटै प्रदेशमा प्रदेश उपाध्यक्ष चुनिएका छन् । प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया