काठमाडाैं : शैक्षिक प्रमाणपत्र र फैसलाहरूमा विवाद देखिएपछि सत्ताधारी (ने.क.पा.) ले प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गर्ने तयारी थालेको छ ।
अाज दिउँसो २ बजे बस्ने संसदीय सुनुवार्इ विशेष समितिको बैठकमार्फत जोशीको नाम अस्वीकृत गर्ने तयारी भएको (ने.क.पा.) का एक नेताले लोकपथलार्इ जानकारी दिए ।
सम्मानजनक निकाशका लागि सरकारले गरेको अाग्रहलार्इ लत्याएपछि जोशीको नाम प्रधानन्यायाधीशका लागि अस्वीकृत गर्ने तयारी थालिएको हो ।
प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्न यसअघि दुर्इपटकसम्म बोलार्इएको समितिको बैठक स्थगित भर्इसकेको छ ।
अार्इतबार बोलार्इएको समितिको बैठक पनि सोमबार (अाज) २ बजेका लागि सारिएको हो ।
(ने.क.पा.) स्रोतका अनुसार जोशीको शैक्षिक प्रमाणपत्र र फैसलाहरूमा विवाद अाएपछि सरकारले अनाैपचारिक रूपमा राजीनामा दिएर बिदामा बस्न जोशीलार्इ सुझाएको थियो ।
तर सरकारको अाग्रहलार्इ जोशीले 'रेस्पोन्स' गरेका छैनन् । सम्मानजनक निकाशका लागि सरकारले गरेको अाग्रहलार्इ लत्याएपछि जोशीको नाम प्रधानन्यायाधीशका लागि अस्वीकृत गर्ने तयारी थालिएको हो ।
१५ सदस्यीय संसदीय सुनुवार्इ विशेष समितिमा सत्तारूढ दल (ने.क.पा.) का मात्रै ९ सदस्य छन् भने सत्ता साझेदार फोरमका १ सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया