१८ चैत्र २०७९, शनिवार

तीन वर्षदेखि पुल निर्माण अलपत्र

२०७४,आश्विन,२८,शनिवार ०५:०६

0
Shares

जाजरकोट, २८ असोज ।जाजरकोट–डोल्पा सडकखण्डको वैरिताल चिसापानीबीचमा रहेको भेरी नदीमा पुल चार वर्षदेखि निर्माण हुन नसक्दा सर्वसाधारणलाई समस्या हुँदै आएको छ ।दुवै किनारा अर्थात् चिसापानी वैरितालमा पिल्लरको निर्माणसमेत पूरा नहुँदा कामले गति लिन नसकेको हो । पिल्लर अधुरै छाडेको तीन वर्ष बितेको छ । पुलको स्लापलगायत अन्य कामको अत्तोपत्तो छैन । सडक विभाग र निर्माण कम्पनीको लापरबाहीले पुल निर्माण अलपत्र परेको स्थानीयवासीले बताए ।आशिष निर्माण सेवा काठमाडौँले पुल निर्माणको जिम्मा लिएको थियो । रु आठ करोडको लागतमा निर्माण हुने ६६ मिटर लामो पुलको निर्माण अवधि गत मंसिरमै सकिएको चौरजहारीस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर सुशील पौडेलले बताए । निर्माण कम्पनीलाई ३६ महिना म्याद थपे पनि काम हुन सकेको छैन ।निर्माण कम्पनीले बैरीताल पुल निर्माणका उपकरण तथा सामग्री अन्यत्रै लगेर काम स्थगित गरेको छ । व्यवसायीले हचुवाका भरमा दररेट हाल्ने, सम्झौता गर्ने, पेस्की लिने र काम गर्न आलटाल गर्ने प्रवृत्तिले अधिकांश पूर्वाधार अलपत्र परेको इन्जिनियर पौडेलले बताए । “चालू आवमा पनि पुल निर्माण कार्य पूरा हुने सम्भावना देखिँदैन”, उनले भने । चालू आवमा पुल निर्माण सम्पन्न नभए ठेक्का सम्झौता तोड्नुको विकल्प नभएको उनको भनाइ छ ।पुल निर्माण अलपत्र पर्दा जाजरकोट–डोल्पा सडक, नलसिंह गाड जलविद्युत्लगायत राष्ट्रिय महत्वका आयोजनाको निर्माणमा बाधा पुगेको छ । स्थानीय बासिन्दालाई आवतजावत र दैनिक उपभोग्य वस्तुको ओसारपसारमा समेत कठिनाइ भएको खगेनकोटका हरिबहादुर खत्रीले बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०५:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८