रूपन्देहीमा सरकारी छाप र कागजपत्र किर्ते गर्ने पक्राउ

रुपन्देही : सरकारी छाप र कागजपत्र किर्ते गरि ठगी गर्ने प्रेम बहादुर थापालार्इ र्इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । 

३४ बर्षीय थापा देवदह नगरपालिका-५ का बासिन्दा हुन् । 

थापाको कोठाबाट प्रहरीले पश्चिम क्षेत्रीय तालिम केन्द्र बुटवलको प्रमाणपत्र, विभिन्न व्यक्तिका शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका छापहरू तथा ल्यापटप र सुनको सिक्री बरामद गरेको छ । 

पक्राउ परेका थापामाथि छानबीन भर्इरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?