जोशी प्रधानन्यायाधीश बन्लान् कि राजीनामा आउला ?

 काठमाडौँ–प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय लिन आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । सम्भवतः आज दिउँसो   दुई बजे बस्ने बैठकले निर्णय लिनेछ ।

    
फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै जोशीमाथि सांसदहरु असन्तुष्ट रहेका छन् । यही सवालले उनीबारे निर्णय के लिने भन्नेमा सांसदहरु अलमलमा छन् । यसो त  नेकपाका नेताहरुले उनलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न पनि सुझाव दिएका छन् । यद्यपी उनले आफू अनुमोदित हुनेमा ढुक्क रहेको प्रतिक्रिया दिएका छन् ।

 
    भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

    पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।

यसअघि समितिको बैठक आइतबार बिहान नै बस्ने भनिएता पनि  प्रमाणपत्र लगायका विषयमा विवाद देखिएपछि आजको लागि सारिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?