राज्यमन्त्रीकै अगाडि भिडे राजपा कार्यकर्ता

महोत्तरी : अाफ्नै पार्टीका तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्षले 'भनेजसरी काम नगरेको' जनाउँदै महोत्तरीका राष्ट्रिय जनता पार्टीका कार्यकर्ता एक-अापसमा भिडेका छन् । 

जिल्लाको पिपरा गाउँपालिकाको गाउँपरिषद गर्ने क्रममा एउटै पार्टीका कार्यकर्ताबिच भीडन्त हुँदा ५ जना घार्इते भएका छन् । 

गाउँपरिषद् उद्घाटन गर्न प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा समेत उपस्थित थिए । प्रमुख अतिथीका रूपमा निम्त्यार्इएका शर्माकै अगाडी राजपा कार्यकर्ता भिडेका हुन्  । 

राजपाका तर्फबाट उम्मेदवार बनि गाउँपालिका अध्यक्षमा निर्वाचित विनोद चाैधरीले विकासका योजनामा एकलाैटी गरेको जनाउँदै एक पक्षले अारोप लगाएपछि चाैधरी पक्षधरले प्रतिवाद गरेका थिए । यही क्रममा झडप भएको स्थानीयले बताएका छन् । 

दुर्इ पक्षबीच भएको झडपमा राजपाको पिपरा गाउँ कमिटी अध्यक्ष विनित पाण्डेयसहित पाँच जना घाइते भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?