विदेश भ्रमण नियमनमा प्रधानमन्त्रीको कदम, कृषिका ५९ कर्मचारीमाथि छानबिन सुरु

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनविपरीत बजेट सक्न विदेश भ्रमण गएका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ५९ कर्मचारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन थालेको छ । उक्त छानबिनबाट जोगिन मन्त्रालयका उच्च तहका कर्मचारी भने नियमविपरीत भएको भ्रमणको बचाउमा लागेका छन् ।

मन्त्रालयका सचिव तथा सहसचिवहरू भ्रमण वैधानिक भएको भन्दै बचाउमा लागेका हुन् । प्रधानमन्त्री कार्यालयको निर्देशन, सरकारको मितव्ययी नीति तथा वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिकाको उल्लंघन गर्दै ५९ जना कृषिका कर्मचारी भारत भ्रमण गएका थिए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
मन्त्रालयका सचिव युवकध्वज जीसीले भ्रमण वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ विपरीत नभएको दाबी गरे । ‘यो भ्रमण वार्षिक कार्यक्रममै आधारित हो । अर्थ मन्त्रालयलगायतबाट स्वीकृति भएको छ । पहिल्यै स्वीकृति नगरेको भए हुन्थ्यो, अहिले आएर अलिक बढी अतिरञ्जित गरियो,’ उनले भने ।

आर्थिक वर्ष सकिन चार दिन मात्र बाँकी रहँदा मन्त्रालयबाट सो टोली नियमित काम प्रभावित बनाउँदै भ्रमणमा निस्किएको थियो । कतिपयले त्यस्ता कर्मचारी र स्वीकृत दिने अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?