१ स्थानीय तहको निर्वाचन आउन अब सात दिन बाँकी, निर्वाचनका लागि मतपत्रको छपाइको काम सम्पन्न, आज नै सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगको भनाइ
२ पार्टीभित्रैबाट गठबन्धनप्रति अविश्वास भएको भन्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको असन्तुष्टि, महाधिवेशन र केन्द्रीय कमिटीमा समर्थन गरेर अहिले विरोध गरिएको टिप्पणी
३ महिलाहरुलाई कार्यकारी पदमा राख्नुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोड, पुरुषहरुले धेरै राज गरे पनि त्यसमा लछारपाटो लगाउन नसकेको स्वीकार
४ बागी उम्मेदवारलाई कारबाही नगरिए अविश्वास पैदा हुने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, गठबन्धन नभएको ठाउँमा आ–आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड
५ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश, मुद्दाको अन्तिम फैसला नहुन्जेल आलमलाई थुनामै राखिने
६ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाको दाबी, २०७४ पछिको ५ वर्ष सरकार चलाएर समय खेर फालेको भन्दै अब जनता सचेत हुनुपर्ने भनाइ
७ आफूलाई मत दिने मतदाताहरुको शिर निहुरिन नदिने काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहको भनाइ, महानगरमा युवाहरुलाई परिचालन गरेर उद्यमी बनाउने प्रतिबद्धता
८ कोभिड–१९ बाट विश्वभर कम्तीमा एक करोड ४९ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको दाबी, विभिन्न मुलुकबाट सार्वजनिक गरिएको मृतकको तथ्यांकभन्दा तीन गुणासम्म बढी हुनसक्ने अनुमान
९ स्थानीय तह निर्वाचनको दिन आन्तरिकतर्फका सबै उडान बन्द हुने, अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गरिने, त्यस दिन विदेश जाने यात्रुलाई यातायातको व्यवस्था गरिदिन सरकारलाई निर्वाचन आयोगको पत्राचार
१० बागी उम्मेदवारको उम्मेदवारी निष्क्रिय गराउने पाँचदलीय गठबन्धनको निर्णय, निर्वाचनलाई स्वच्छ र भयरहित तवरले सम्पन्न गराउन गठबन्धनमा रहेका सबै दलबीच आपसी समन्वय र समझदारी गर्न प्रतिबद्ध
११ पछिल्लो ९ महिनामा नेपालमा करिब २० करोड रुपैयाँको छाता भित्रियो, चीनबाट मात्रै १७ करोडभन्दा बढीको छाता आयात
१२ अफगानिस्तानमा चरम खाद्य संकट, दुई करोड २० लाखभन्दा बढी मानिस गम्भीर भोकमरीमा, करिब ९७ प्रतिशत प्रभावित
१३ भारतको तामिलनाडुमा करेन्ट लाग्दा ११ जनाको मृत्यु, मन्दिरको रथयात्राको क्रममा हाई भोल्टेजको तार छोइँदा भएको घटनामा मृतकका परिवारलाई २ लाख राहत दिइने
१४ पहिलो एक दिवसीय खेलमा नेपाल जिम्बावे ‘ए’सँग पराजित, टीयू क्रिकेट मैदानमा आज भएको खेलमा जिम्वाबे तीन विकेटले विजयी
१५ १० देखि २२ सेप्टेम्बरमा चीनमा हुने भनिएको एसियन्स गेम्स स्थगित, कोरोना संक्रमण बढेपछि उक्त खेल २०२३ सम्मका लागि सारियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया