काठमाडौं–प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाइ सकिएको चार दिनसम्म पनि संसदीय सुनुवाइ समिति निर्णयमा पुग्न सकेको छैन । सुनुवाइ सकिएपछि दुईपटक समितिको बैठक विषयमा प्रवेशै नगरी स्थगित भयो । विगतमा सुनुवाइ सकिएकै दिन निर्णय हुन्थ्यो ।
कायममुकायम प्रधानन्यायाधीश जोशीसँग बिहीबार सुनुवाइ समितिले झन्डै चार घन्टा सुनुवाइ गरेको थियो । पर्याप्त छलफलको आवश्यकता औँल्याउँदै भोलिपल्ट (शुक्रबार दिउँसो ३ बजे) बैठक बोलाइयो । शुक्रबारको बैठक आइतबारसम्म स्थगित गरियो ।
सांसदहरूको कार्यव्यवस्थाको कारण देखाउँदै आइतबार पनि बैठक बस्न सकेन, बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया